अङ्गुर र किसमिसका फाइदा

1 week ago 20

विराटनगर / अङ्गुर एक मीठो र रसदार र मौसमी फल हो । अङ्गुर सबैको मनपर्ने फल हो । बच्चा, युवादेखि वृद्धवृद्दा पनि अङ्गुर खान रुचाउँछन् । अङ्गुरलाई सुकाइन्छ र किसमिस बनाइन्छ । किसमिस यो धेरै लोकप्रिय ड्राइ फ्रुट हो । किसमिसलाई प्रायः मिठाइको स्वाद बढाउनका लागि मिसाइन्छ । अङ्गुरमा ८० प्रतिशत पानी हुन्छ, जबकि किसमिसमा जम्मा १५ प्रतिशत पानी हुन्छ ।

अङ्गुरमा किसमिसभन्दा बढी भिटामिन हुन्छ । अङ्गुर भिटामिन के, ई, सी, बी १ र बी २ मा समृद्ध हुन्छ । यी भिटामिन किसमिसमा थोरै मात्रामा पाइन्छन् । तर, किसमिसमा अङ्गुरभन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्ट क्षमता हुन्छ । अङ्गुरमा उच्च मात्रामा फाइबर र केही मात्रामा क्यालोरी पाइन्छ ।

अङ्गुरले भोकलाई नियन्त्रण गर्न मद्दत पु¥याउने हँुदा, अङ्गुरको सेवनले लामो समयसम्म भोको महसुस हँुदैन । अङ्गुरमा एन्टिअक्सिडेन्ट र भिटामिन सी प्रचुर मात्रामा हुन्छ । यी दुवै पौष्टिक तत्त्वहरूले छालाका कोषहरूलाई जवान राख्न मद्दत गर्नुका साथै, छालालाई क्यान्सरबाट हुने पराबैजनी किरणबाट बचाउँछ ।

अङ्गुरले अनुहारको कालो दाग र चाउरीपनालाई कम गर्छ । साथै अङ्गुरलाई धेरै घरेलु उपचारहरूमा पनि प्रयोग गरिन्छ । बजारमा हरियो, कालो र रातो रङका अङ्गुर सजिलैसँग उपलब्ध हुन्छन् । रातो अङ्गुरमा रेसवेराट्रोल नामक एन्टिअक्सिडेन्ट तत्त्व अधिक मात्रामा पाइन्छ जुन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

यसको सेवनले रक्तचाप कम गर्न र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम गर्न पनि मद्दत गर्छ । त्यस्तै, किसमिसमा अङ्गुरभन्दा बढी क्यालोरी हुन्छ । अङ्गुरलाई सुकाएर किसमिस बनाउने हुँदा, अङ्गुर सुकाउने क्रममा, एन्टिअक्सिडेन्ट र चिनीको प्रयोग गरिन्छ, जुन पछि क्यालोरीको रूपमा लिइन्छ । आधा कप किसमिसमा करिब दुई सय ५० क्यालोरी हुन्छ भने आधा कप अङ्गुरमा ३० क्यालोरी हुन्छ ।

किसमिस फाइबरको राम्रो स्रोत हो, किसमिसमा फाइबरका साथै पोटासियम, आइरन र आवश्यक खनिज हुन्छन् । किसमिसमा हुने टार्टरिक एसिडमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ । अनुसन्धानअनुसार टार्टरिक एसिडले पेट र आन्द्राको दक्षतामा सुधार गर्छ । साथै यसले आन्द्रामा ब्याक्टेरियाको सन्तुलन कायम गर्न मद्दत गर्छ ।

बजारमा गोल्डेन, हरियो र कालो किसमिस उपलब्ध छन् । पहिले वा सुनौलो रङको किसमिस स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । किनकि सुनौलो रङको किसमिसमा अन्य प्रकारका अङ्गुरमा भन्दा बढी फ्लाभोनाइड्स हुन्छ ।

Original Story