
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद ‘उत्कर्ष’मा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राषट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार साँझ ‘प्रचण्ड’लाई बोलाएको शितल निवास स्रोतले जानकारी दिएको हो ।
नेकपाको विवाद ‘चरम उत्कर्ष’मा पुगेका बेला प्रचण्डले राष्ट्रपति भण्डारी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेकपाभित्रको विवाद समाधनका लागि भूमिका खेल्न आग्रह गर्ने उद्देश्यका साथ भण्डारीले उनलाई शितल निवास बोलाएको स्रोतले जनाएको छ ।
नेकपाभित्र विवाद समाधानका लागि भण्डारीले नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छिन ।