‘अब बार्सिलोनासँग उपाधि जित्ने मौका छैन’

1 month ago 45
Neuro
‘अब बार्सिलोनासँग उपाधि जित्ने मौका छैन’

विराटनगर / बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्क्वेट्सले क्लबको ला लिगा उपाधिको आशा व्यवहारिक रूपमा सकिएको बताएका छन् । मङ्गलबार राति लेभान्टेसँगको खेलमा ३–३ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनासँग उपाधि जित्ने मौका नभएको उल्लेख गरेका हुन् ।

गए राति लेभान्टेको मैदानमा बराबरी खेलेसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने मौकामात्र गुमाएन उपाधि जित्ने आशा पनि गुमाएको छ । सिउटाट डी भ्यालेन्सियामा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी, पेड्री र ओस्मान डेम्बेलेले एक–एक गोल गरेका थिए भने लेभान्टेका मेलेरो मान्जारनेस, जोसे लुइस मोरालेस र सर्जियो लिमोनेसले समान एक गोल गरे ।

‘अब हामीसँग अरू मौका छैन उपाधि जित्ने’, खेलपछि बोल्दै बुस्क्वेट्सले भने, ‘अब अरूले के गर्छन् भन्ने कुरामा भर पर्छ । तर हामीसँग थोरै खेल मात्र बाँकी छन् । लेभान्टेविरुद्ध हाम्रो सुरुआत राम्रो थियो, फाइदामै थियौँ । तर अन्त्य राम्रो रहेन । धेरै गल्तीहरू हामीले गरेका थियौँ ।’

शीर्ष स्थानमा उक्लिने मौका गुमाएको ऊ रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा भने उक्लिएको छ । उसले ३६ खेलमा ७६ अङ्क जोडेको छ । शीर्ष स्थानको एथ्लेटिकोसँग ७७ अङ्क छ । उसले ३५ खेल खेलेको छ । ३५ खेल नै खेलेको रियलसँग ७५ अङ्क छ ।

jackson ribon
Original Story