कुन–कुन कार्यक्रम चल्दैछन् रवि लामिछानेको टेलिभिजनमा ?

1 week ago 40

विराटनगर / रवि लामिछानेको टिमले सञ्चालन गर्ने ग्यालेक्सी फोरके टेलिभिजनले विभिन्न कार्यक्रम घोषणा गरेको छ । महानायक राजेश हमाल, कलाकार दीपकराज गिरी, महावीर पुन, रमेश प्रसाईँ, नवराज पराजुलीलगायतले कार्यक्रम सञ्चालन गर्देनछन् ।

टेलिभिजनमा राजेश हमालले को बन्छ करोडपति सिजन २ सञ्चालन गर्नेछन् । दीपकराज गिरीले क्राइम पेट्रोल नेपाल कार्यक्रम सञ्चालन गर्नेछन् । सारेगम लिटल च्याम्पको नेपाली संस्करण पनि सञ्चालन गरिने भएको छ । भारतीय कार्यक्रमको फेन्चाइज ‘सो’ को इन्दीरा जोशी र कालिप्रसाद बास्कोटा जर्ज रहनेछन् ।

टेलिभिजनमा रमेश प्रसाईँले लालमोहर कार्यक्रम सञ्चालन गर्नेछन् । महावीर पुनले पनि कार्यक्रम सञ्चालन गर्नेछन् । पुनले अविष्कार कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । नवराज पराजुलीले साहित्यिक कार्यक्रम फरेवर सञ्चालन गर्नेछन् ।

रवि लामिछानेले सीधा कुरा कार्यक्रम सञ्चालन गर्नेछन् । सीधा कुरा जनतासँग कार्यक्रममार्फत चर्चामा आएका लामिछानेले न्यूज २४ टेलिभिजन छाडेपछि ग्यालेक्सी टेलिभिजनमा सञ्चालन गर्ने कार्यक्रम सीधा कुरा…नाम राखेका छन् ।

लामिछानेले द लिडर कार्यक्रम पनि सञ्चालन गर्नेछन् । लामिछानेले कामका कुरा कार्यक्रम पनि सञ्चालन गर्नेछन् । टेलिभिजनमा विजयकुमार पाण्डेले पनि कार्यक्रम सञ्चालन गर्नेछन् ।

Original Story