कोरोना भाइरसले मिर्गौलामा पनि असर पुर्‍याउने

2 weeks ago 59

विराटनगर / कोरोना भाइरस पहिलेको तुलनामा बलियो भएको छ र यसले सङ्क्रमणको मुख्य लक्षण देखाउनुअघि महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुर्‍याइरहेको छ ।

कम उमेर समूहका मानिससमेत सङ्क्रमित भइरहेको बेलामा मधुमेह, उच्च रक्तचाप, मोटोपना लगायतका पहिले नै अवस्थित रोग वा समस्या भएका व्यक्तिको सङ्क्रमणका कारण शरीरमा क्षति अझ धेरै र गम्भीर हुन सक्छ । कोरोना भाइरस श्वासप्रश्वास प्रणालीमा प्रवेश गरेर खोकी लाग्ने, घाँटी दुख्ने सास फेर्न गाह्रो बनाउने तथा फोक्सोमा असर गर्ने हुन्छ ।

तर, भाइरसको सङ्क्रमणले फोक्सोमा मात्र नभई शरीरमा विभिन्न अङ्गमा पनि असर पुर्‍याउने गर्छ । अन्य चिकित्सा जटिलतामध्ये मिर्गौलाको कार्य क्षमतामा ह्रास आउनु पनि सङ्क्रमण भएका र सङ्क्रमणबाट निको भइसकेका बिरामीहरूमा बढ्दो समस्यामध्ये एक हो । सार्स कोभ २ भाइरसले शरीरको कोषलाई सङ्क्रमित गर्छ ।

सङ्क्रमण फैलाउनका लागि भाइरल स्पाइक प्रोटिन एसिई २ रिसेप्टर्स (कोषलाई सजिलै सङ्क्रमण गर्न अनुमति दिने भाइरसको रिसेप्टर) मिर्गौलासहित धेरै अङ्गहरूको झिल्लीमा टाँसिने हुन्छ । भाइरसले एक पटक मिर्गौला कोषहरूमा प्रवेश गरेपछि यसले गम्भीर इन्फ्लामेसन (सुन्निने समस्या वा सुजन) निम्त्याउन सक्छ । र मिर्गौलाको स्वस्थ टिश्युहरूलाई ठूलो हानी पुर्‍याउँछ ।

जसकारण पिसाबको मात्रा कम हुने, पटक–पटक वा असामान्य तरिकाले पिसाब लागिरहने हुनसक्छ सक्छ । यसका साथै भाइरसको सङ्क्रमणबाट निको भएपछि पनि कोहीमा गम्भीर किड्नी डिसफङ्सनको समस्या विकास हुनसक्छ ।

Original Story