गण्डकी प्रदेशकाे अङ्कगणित राेचक माेडमा, जनमाेर्चाका दुई सांसद्ले भने- हामी तटस्थ छाैँ

1 month ago 45
  • पोखरा

गण्डकी प्रदेश मुख्यमन्त्रीमा आफूले बहुमत पुर्‍याउने दाबीसहित नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् ।

उनले गरेकाे दाबीअनुसार नेपाली काङ्ग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसदको समर्थन छ ।

प्रदेशसभामा मुख्यमन्त्रीमा निर्वाचित हुन ३१ मत आवश्यक पर्छ । यसरी ३२ जनाकाे समर्थन रहेकाे दाबीसहित पाेखरेलले दाबी गरेका हुन् ।

तर पाेखरेलकाे यस दाबीलाई जनमाेर्चाका दुई सांसद्काे अभिव्यक्तिले फेल खुवाइदिएकाे छ । जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीले आफूहरूले विपक्षी गठबन्धनलाई साथ नदिने बताएका छन् ।

सांसद् थापाले आफू नयाँ सत्ता गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । सोही कारण थापालाई जनमोर्चाले संसदीय दलको नेताबाटै हटाएको छ ।

दलबाट हटाएपछि थापाले आफूमाथि गरिएको कारबाही गैरकानुनी भएको भन्दै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र पठाएका छन् ।

यसैगरी यसअघि चर्चामा रहेका जनमाेर्चाकै सांसद खिमविक्रम शाहीले पनि गण्डकी प्रदेशको विपक्षी गठबन्धन सरकारलाई समर्थन नरहेको भन्दै बुधबार विज्ञप्ति निकालेका छन् ।

‘नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धमा मेरो हस्ताक्षर छ भनी बाहिर विभिन्न सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ,’ शाहीले ललेखेका छन्, ‘सो गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सम्बन्धित सबेलाई स्पष्ट गर्न चाहन्छु। साथै म कुनै पनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी समेत गराउँछु ।’

यससँगै गण्डकी प्रदेशमा प्रतिपक्षी दलहरूकाे गठबन्ध सरकार बन्ने सम्भावना लगभग सकिएकाे छ ।

Original Story