Search Web Join our Network Nepal Lifestyle Tech Entertainment

गोरुको मासु किनबेच गरेको अभियोगमा पक्राउ

1 week ago 42

झापा । दमक नगरपालिका-७ सयपत्री टोलबाट गोरुको मासु किनबेच गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय बब्लु अली लगायत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोरुको मासु बनाएर किनबेच गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १० किलो मासु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता तनहुँ, ब्यास नगरपालिका-१३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका-८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सिन्धुपाल्चोक । धनमाल चोरी गरेको अभियोगमा चौतारा साँगागढी नगरपालिका-१२ बाट धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय चैञ्चल तामाङ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जनजागृत माध्यमिक विद्ययालयको खुल्ला चौरमा राखिएको लिफ्टीङ खानेपानी आयोगको करिब १२ लाख मूल्य बराबरको पितलको ज्यारबल १० बाकस चोरी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीमा संलग्न अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता बर्दियाको गुलरिया नगरपालिका-६ स्थित चाईनिज रेष्टुरेन्टबाट बिहीबार बेलुका हराएको लु.२७ प ९९५४ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी मोटरसाइकल धनी सोही नगरपालिका-७ बस्ने तुल्सीराम यादवलाई शनिबार बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी कार्य गर्ने क्रममा शुक्रबार राति सोही नगरपालिका-६ स्थित कृषि विकास बैंक नजिक उक्त मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाएको हो ।

Read Entire Article
About Us · Terms & Condition · Contact Us
© Nifey 2020. All rights are reserved