जब बार्सिलोनाले भन्यो–‘स्वारेजले लामो समय उच्च प्रदर्शन गर्दैनन्

1 week ago 22
Neuro
जब बार्सिलोनाले भन्यो–‘स्वारेजले लामो समय उच्च प्रदर्शन गर्दैनन्

विराटनगर / एथ्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेजले बार्सिलोना छोडेयता ला लिगामा आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेका छन् । उरुग्वेका स्टार स्वारेजले २० खेलमा १६ गोल गर्दै डिएगो सिमोन नेतृत्त्वको एथ्लेटिकोलाई ला लिगाको उपाधि दौडमा शीर्षता दिलाइरहेका छन् ।

तर, बार्सिलोनाले उरुग्वेका स्टार स्वारेजलाई निकाल्नुअघि लामो समय उनले उच्च प्रदर्शन गर्न नसक्ने जनाएको थियो । यो कुरा स्वारेज स्वयंले खुलाएका छन् । हालै ‘फ्रान्स फुटबललाई अन्तर्वार्ता दिनेक्रममा स्वारेजले बार्सिलोनाको दुर्व्यवहार स्मरण गरेका छन् ।

रोनाल्ड कोइम्यानले बार्सिलोनाका नेतृत्त्व सम्हालेसँगै क्लबका तेस्रो सर्वाधिक गोलकर्तासमेत रहेका स्वारेजले एथ्लेटिकोको बाटो तय गर्नुपरेको थियो । बार्सिलोनाबाट छ सिजन खेल्दा उनले एक सय ९८ गोल गरेका थिए ।

‘मलाई साँच्चै दुःख लागेको थियो, अब बार्सिलोनाले मलाई बूढो भएको बताएको थियो । मैले लामो समय उच्च प्रदर्शन गर्न नगर्ने बताएको थियो । यसबाट म दुखित् बनेको थिएँ’, उनले निराश हुँदै भने ।

यस्तै उनले छ वर्षको बार्सिलोना बसाइबाट राम्रो अनुभव सङ्गालेको पनि बताए ।

jackson ribon
Original Story