ताइवानमा सुरुङभित्र यात्रुवाहक रेल दुर्घटना, ३६ जनाको मृत्यु

2 weeks ago 80

विराटनगर / ताइवानमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । ताइवानको पूर्वी भागमा शुक्रबार बिहान भएको सो दुर्घटनामा भएको हो ।

करिब तीन सय ५० यात्रु सवार उक्त रेल लिकबाट झरेको थियो । आठ डब्बा भएको रेल सुरुङभित्र ट्रयाकबाट झरेको थियो । डब्बा दुई र तीन ट्रयाकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ ।

घटनामा कयौँ यात्रु घाइते भएका छन् । अझै पनि केही यात्रु रेलमै च्यापिएको सञ्चारमाध्यममा उल्लेख छ । सुरुङभित्र फसेका डब्बामा उद्धारकर्ता पुग्ने प्रयास गरिरहेका छन् । डब्बाहरू कुच्चिएकाले फसेकाको उद्धार गर्न कठिन भइरहेको बताइएको छ ।

The government-run Central News Agency said the train had been carrying around 350 passengers at the time of the crash.
Original Story