नेपालमा खोप लगाएपछि रक्तदान गर्न १४ दिन कुर्नुपर्ने

1 week ago 27

विराटनगर / कोभिडविरुद्धको खोप लगाएपछि कुनै पनि साइड इफेक्ट नदेखिएमा १४ दिनपछि रक्तदान गर्ने सकिने बताइएको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशालाका अनुसार नेपालमा कोभिडविरुद्धको खोप लगाएपछि कुनै पनि साइड इफेक्ट नदेखिएमा १४ दिनपछि रक्तदान गर्ने सकिने बताइएको हो । नेपालमा कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएको सन्दर्भमा खोप लगाएपछि कति दिनपछि रक्तदान गर्न मिल्ने भनी राष्ट्रिय प्राविधिक सल्लाहकार समितिको अनलाइन बैठकबाट यस प्रकारको निर्णय गरिएको हो ।

कोभिडविरुद्धको खोप लगाएपछि कुनै पनि साइड इफेक्ट देखिएमा साइड इफेक्टको लक्षण निको भएको १४ दिनपछि रक्तदान गर्न सक्नेछन् । त्यस्तै, नेपाल बाहिरबाट खोप लगाएका व्यक्तिले कुन खोप लगाएको भनी थाहा पाउन नसकिने हुँदा कुनै पनि साइड इफेक्ट नदेखिएमा २८ दिनपछि रक्तदान गर्ने सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै, बाहिरबाट खोप लगाएका व्यक्तिमा कुनै पनि साइड इफेक्ट देखिएमा साइड इफेक्टको लक्षण निको भएको २८ दिनपछि रक्तदान गर्ने सक्ने छन् ।

Original Story