Search Web Join our Network Nepal Lifestyle Tech Entertainment

प्रदेशमा २५ हजार नाघे संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

4 days ago 34

विराटनगर, ६ मंसिर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ । शनिबार थप १३५ जनालाई संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या २५ हजार ७६ पुगेको हो ।

संक्रमित मध्ये २० हजार ५८८ संक्रमण मुक्त भएका छन् । संक्रमित मध्ये ३२१ जनाको मृत्यु भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११५२६, सुनसरीमा ७८६५, झापामा ३३७७ उदयपुरमा ४४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

इलाममा २६३, पाँचथरमा १०६, धनकुटामा १६८, तेह्रथुममा १०३, संखुवासभामा २२४, खोटाङमा ७८, भोजपुरमा ७१, सोलुखुम्बुमा २५, ओखलढुंगामा ४४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७२९ प्रदेश १ बाहिरका हुन ।

Read Entire Article
About Us · Terms & Condition · Contact Us
© Nifey 2020. All rights are reserved