प्रदेशसभा सदस्यबाट पदमुक्त राजमोका थापा पुनः बहालीको माग गर्दै सर्वोच्च पुगे

1 week ago 71

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

थापाले आफूलाई कानूनविपरीत कारवाही गरिएको जनाउँदै पुनः बहाली गर्न माग गर्नुभएको छ । सो निवेदनमाथि सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।

पार्टी निर्णयविपरीत एमालेलाई साथ दिएको जनाउँदै थापालाई पार्टीले कारवाही गरी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

यो पनि, नेपालमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान आगामी वर्षभित्र स्थापना गरिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को नियमित बैठकबारे जानकारी गराउन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चौथो अंगलाई मर्यादित र जिम्मेवार बनाउन प्रतिष्ठानको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्को नियमित बैठकबारे जानकारी गराउन शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ अर्थ मन्त्रालयमा पठाइसकिएको बताउनुभयो ।

सहसचिव र सचिव हुनका लागि ६ महिना स्टाफ कलेज तालीम लिनुपर्ने, नेपाली सेना, नेपाल प्रहरी तथा अन्य क्षेत्रमा लोकसेवा उत्तीर्ण गरेर नियुक्त भएपछि पनि सम्बन्धित विषयमा थप तालीम र प्रशिक्षण लिनुपर्ने प्रसंग उल्लेख गर्दै मन्त्री गुरुङले पत्रकारका लागि पनि थप प्रशिक्षण आवश्यक भएको बताउनुभयो ।

एउटा सूचनामा केही तलमाथि पर्दा देशले कहिलेकाहीँ शिर झुकाउनुपर्ने अवस्था आउने तथा अप्रिय घटना हुने हुँदा देशको चौथो अंगले जवाफदेही र मर्यादित बन्नुपर्नेमा मन्त्री गुरुङले जोड दिनुभयो ।

मन्त्री गुरुङले पत्रकार कल्याणकारी कोषलाई कार्यविधि बनाएर सक्रिय बनाइने पनि बताउनुभयो । सूचना तथा प्रसारण विभागबाट जारी गरिने परिचयपत्र प्राप्त गर्न निकै झन्झट बेहोर्नुपरेकाले अब देशभरका पत्रकारले परिचयपत्र प्राप्त गर्न तथा नवीकरण गर्न विभाग धाउनुपर्ने बाध्यताको अन्त्य गर्न लागिएको मन्त्री गुरुङले सुनाउनुभयो ।

अब हुलाक र अनलाइनबाटै सो कार्य गर्न सकिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था सूचना विभागले उपलब्ध गराउने परिचयपत्रका आधारमा आगामी साउनदेखि नै लागू हुने बताउनुभयो ।

कोभिड –१९ बाट प्रभावित पत्रकारका लागि लेखनवृत्ति र सञ्चारगृहका लागि पुनःकर्जाको व्यवस्था गरिएको र पत्रकार कल्याणकारी कोषलाई कार्यविधि बनाएर सक्रिय बनाइने उहाँले जानकारी दिनुभयो ।

Original Story