मानव सेवा आश्रमलाई विराटनगरमा ६ कट्ठा जग्गा प्रदान

1 month ago 166

विराटनगर / विराटनगर महानगरपालिकाले मानव सेवा आश्रमलाई ६ कट्ठा जग्गा प्रदान गरेको छ । सडकमा रहेका र असाहाय नागरिकको संरक्षणमा काम गर्दै आएको आश्रमको संरचना निर्माणका कवीर सेवा आश्रमको नाममा रहेको ६ कट्ठा जग्गा शुक्रबार आश्रमलाई प्रदान गरिएको हो ।

महानगरपालिकाको समन्वयमा सदगुरु कवीर सेवा आमश्रमको नाममा रहेको जग्गा आश्रमलाई उपलब्ध गराइएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । डिल्ली पब्लिक स्कुल नजिकै रहेको सदगुरु कवीर सेवा आश्रमको नाममा १३ कट्ठा जग्गा छ । सोमध्ये छ कट्ठा जग्गा आश्रमलाई प्रदान गरिएको हो ।

बाँकी जग्गा पनि आश्रमलाई प्रयोग गर्न दिइने मेयर पराजुलीले जानकारी दिए । महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आश्रमका लागि संरचना निर्माण र पार्क निर्माण गर्ने बताइएको छ ।

Original Story