रबि लामिछानेकाे टिमले सुरू गर्याे ग्यालेक्सी टेलिभिजिन

4 days ago 25

विराटनगर / चर्चित पत्रकार रबि लामिछानेकाे टाेलीले नयाँ टेलिभिजनको सुरुवात गरेकाे छ । सिधा कुरा जनतासँग कार्यक्रम मार्फत लोकप्रिय बनेका लामिछाने र उनको टिमले नयाँ टेलिभिजन ग्यालेक्सी सुरु गरेको हो ।

नयाँ टेलिभिजनको सरुवातका बारेमा जानकारी दिन मंगलबार कार्यक्रमको आयोजना गरिएको छ ।

लामिछाने टेलिभिजनको म्यानेजिङ डाइरेक्टरको रुपमा छन् । लामिछानेको टोलीले सुरु गरेको टेलिभिजन ४के गुणस्तरको हुनेछ । नेपालमा एचडी गुणस्तरका मात्रै टेलिभिजन छन् । ग्यालेक्सी टेलिभिजन नेपालको पहिलो ४के गुणस्तरको टेलिभिजन हो ।

टेलिभिजनले अन्तराष्ट्रिय फेञ्चाइज र जनतासँग नजिक रहेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताइएकाे छ ।

Original Story