शीर्ष तीनको लक्ष्यमा चेल्सी, आज आर्सनलसँग भिड्दै

1 month ago 75
Neuro
शीर्ष तीनको लक्ष्यमा चेल्सी, आज आर्सनलसँग भिड्दै

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा आज चेल्सी र आर्सनल प्रतिस्पर्धामा छन् । नेपाली समयानुसार राति १ बजेबाट सुरु हुने सो खेल चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ ।

यस खेलमा घरेलु टिम चेल्सी शीर्ष तीनमा पुग्ने लक्ष्यमा हुनेछ । हाल ऊ ६४ अङ्कसहित चौथो स्थानमा छ । उसले ३५ खेल खेलेको छ । तेस्रो स्थानमा रहेको लेइस्टर सिटीसँग ६६ अङ्क छ । लेइस्टरले ३६ खेल खेलेको छ ।

लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दस अङ्कको अग्रता बनाउँदै उसले तीन खेलअगावै लिगको उपाधि जितेको हो । ३५ खेल खेलेको सिटीसँग ८० अङ्क छ भने समान खेल खेलेको युनाइटेडसँग ७० अङ्क छ ।

jackson ribon
Original Story