Search Web Join our Network Nepal Lifestyle Tech Entertainment

श्रीमानले पर-पुरुषसँग शंका गरेपछि दुई छोरालाई समाप्त पारेर आफुपनि संसारबाट विदा भइन्

1 week ago 48

काठमाडौं । एक आमाले आफ्ना दुई सन्तानहरुको जीवन समाप्त पारेर आफु पनि यो संसारबाट विदा भएकी छिन् । खबर सुन्दैपनि दुख लाग्ने यो घटना भारत, हरियाणा राज्यको फतेहाबादको हो ।

फतेहाबादमा पर पुरुषसँगको सम्बन्धको शंकामा श्रीमान् र श्रीमतीबीच सुरु भएको विवादले हाँस्दै खेल्दै गरेको परिवार तहसनहस भएको छ । यो घटना हरियाणाको फतेहाबादको खैरतिखेड़ा गाउँको हो । त्यहाँ एक कन्स्टेबलकी श्रीमतीले आफ्ना दुई बच्चाहरूको जीवन समाप्त पारेर आफुपनि विदा भएकी हुन् ।

घटनाको मुख्य कारण ति प्रहरी अधिकारीले ती बच्चाहरू आफ्ना नभएको बताउँदै आएका थिए । अरु कुनै पुरुषसँग सम्बन्ध कायम गरेर बच्चा जन्माएको आरोप उनले श्रीमतीमाथि लगाएका थिए ।

त्यसकारण पति र पत्नी दुवैले विवाद गर्न थालेका हुन् । श्रीमानका कारण अर्धचेत भएकी पत्नीले आफ्ना दुई छोराको जीवन समाप्त पारेर आफुले पनि संसार छोडेर गइन् ।

यस घटनाको सूचना पाएपछि स्थानीय प्रहरी घर आइपुगे र उनीहरूको लाश निरीक्षण गरिरहको छ । प्रारम्भिक जानकारीमा मृतकका पति नरेश हरियाणा प्रहरीमा कन्स्टेबल पदमा कार्यरत रहेको कुरा खुलासा भएको छ। उनको विवाह सोही जिल्लाको सुखमानपुर गाउँ निवासी सञ्जूसँग भएको थियो ।

मातृ पक्षमा आरोप लगाइएको छ कि विवाह पछि नरेशले सन्जूमाथि शंका गर्न थाले । नरेशसँगको विवादपछि सन्जू विगत दुई महिनादेखि माइतीमा बसिरहेकी थिइन् । जानकारी अनुसार माइतीमा भएका व्यक्तिहरु कुनै कामले बाहिर गएका थिए । त्यस समयमा सञ्जुले ३ वर्षीय छोरा शिवाश र ३ महिनाको छोराको जीवन समाप्त पारेकी हुन् ।

आफ्ना छोराहरूको जीवन समाप्त पारेसँगै सन्जुले पनि यो संसार छोडिन् । जब परिवार घर फर्के, तीनै जनाको लाश देखेर उनीहरूको होश उड्यो । घरमा शोकाकुल वातावरण बन्यो । छिमेकीहरूको भीड जम्मा हुन थाल्यो ।

सूचना प्राप्त भएको केही समयपछि नै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको निरीक्षण गरी तीन लाशलाई परीक्षणका लागि पठाएको छ । मृतकका भतिज दिलीपका अनुसार भिनाजुले दिदीलाई सम्बन्धविच्छेद गर्न दवाव दिइरहेका थिए । तीन महिना अघि, बच्चा जन्माउँदा नरेशले उक्त बच्चा आफ्नो नभएको बताएका थिए ।

Read Entire Article
About Us · Terms & Condition · Contact Us
© Nifey 2020. All rights are reserved