सरकारलाई संसदीय समितिको निर्देशन : ‘सबै निजी अस्पतालमा काेभिड उपचार सेवा सुरू गर्नू’

1 month ago 44

विराटनगर / प्रदेश १ का सबै निजी अस्पतालहरुमा कोरोना सङ्क्रमितको उपचार हुने व्यवस्था मिलाउन प्रदेश सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले प्रदेशको नियमन क्षेत्राधिकार भित्र रहेका सबै निजी अस्पतालमा कोभिड उपचारको सेवा सुरु गराउन निर्देशन दिएको हो ।

बुधबार सामाजिक विकास समितिले सामाजिक विकास मन्त्री उषाकला राई र सचिव गाबिन्दबहादुर कार्कीलाई छलफलमा बाेलाएर निर्देशन दिएको हो ।

अस्पतालहरुको निरिक्षणपछि सरकारलाई निर्देशन दिइएको सामाजिक विकास समिति सभापति सरिता थापाले बताइन् ।

समितिले सुनसरी, पाँचथर, धनकुटा, संखुवासभा र उदयपुरको जिल्ला अस्पतालमा उपचार सेवा सूचारु गर्ने पूर्वाधार रहेकाले तत्काल सेवा सुचारु गर्न पनि निर्देशन दिएको छ । अन्य जिल्ला अस्पतालहरुमा पनि उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Original Story