१९ वर्षपछि स्पोर्टिङ लिस्बोनलाई पोर्चुगिज लिगको उपाधि

1 month ago 40
Neuro
१९ वर्षपछि स्पोर्टिङ लिस्बोनलाई पोर्चुगिज लिगको उपाधि

विराटनगर / स्पोर्टिङ लिस्बोनले १९ वर्षपछि पहिलोपटक पोर्चुगलको प्रिमियरा लिगा फुटबलको उपाधि जितेको छ । बुधबार बोआभिस्तालाई १–० को जित निकाल्दै स्पोर्टिङ लिस्बोन पोर्चुगिज च्याम्पियन बनको हो । यस सिजन उत्कृष्ट खेलिरहेको लिस्बोनले अपराजित रहँदै उपाधि जितेको हो ।

लिस्बोनलाई उपाधि जिताउन पौलिन्होले निर्णायक गोल गरेका थिए । सिजनको अन्त्य हुन दुई खेलमात्र बाँकी रहेको अवस्थामा लिस्बोन दोस्रो स्थानमा रहेको पार्टाेभन्दा आठ अङ्कले अगाडि छ ।

यससँगै लिस्बोन सन् २००२ पछि पहिलो पटक लिग च्याम्पियन बनेको छ । उसले पोर्टाे र बेन्फिकाको एकाधिकार तोड्दै उपाधि जितेको हो ।

jackson ribon
Original Story